Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

चौरपाटी : कांग्रेसको गढमा एमालेको जरा अभियान, कार्यकर्तालाई विचलित नहुन आग्रह

चौरपाटी : कांग्रेसको गढमा एमालेको जरा अभियान, कार्यकर्तालाई विचलित नहुन आग्रह

शनिवार , फाल्गुण २४, २०८१

अछाम । नेकपा एमालेको वडा केन्द्रित जरा अभियान अन्तर्गत शनिबार चौरपाटी गाउँपालिकाको वडा नम्बर ५ लुंग्रामा कार्यक्रम गरिएको छ । एमाले चौरपाटी गाउँपालिका कमिटी अध्यक्ष झंकर बहादुर साउँदको उपस्थितीमा भेला गरिएको हो ।

शुक्रबार मात्रै वडा नम्बर ६ दुनीमा भव्य कार्यक्रम गरेको एमालेले भोलिपल्ट नेपाली कांग्रेसको गढ मानिएको लुंग्रामा कार्यक्रम गरिएको छ । वडा नम्बर ५ मा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काको घर हो ।

जसकारण लुंग्रालाई कांग्रेसको गढका रुपमा हेरिन्छ । यसअघिका दुई वटा स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तर यहाँ एमाले प्राविधिक रुपमा मात्रै हार्ने गरेको दाबी गरिन्छ ।

शनिबार वडा कमिटी अध्यक्ष टंका देवी खड्काको अध्यक्षतमा कार्यक्रम गरिएको थियो । यसअघिका वडा कमिटी अध्यक्ष विक्रम सुनार एमाले विरोधि गतिविधिमा लागेपछि उनलाई हटाएर खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

सुनार डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा लागिसकेका छन् । भेलामा बोल्दै यसअघि एमालेबाट चौरपाटी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी अनिता खड्काले कार्यकर्ताहरुलाई जस्तो सुकै अवस्थामा पनि एमालेको साथ रहन आग्रह गरिन् ।

उनले एमाले जनताको सारथि भएको बताउँदै कार्यकर्तालाई विचलित नहुन आह्वान गरिन् । यस्तै एमाले चौरपाटी कमिटीका सचिव पूर्ण बहादुर खड्काले पनि एमालेबाट कहीँ कतै नजान आफ्ना कार्यकर्तालाई अनुरोध गरे । उनले लुंग्रामा आफूहरुले प्राविधिक रुपमा मात्रै हार्ने गरेको बताए ।

उनले अवसरवादी नेताका पछाडि नलाग्न सबैलाई आग्रह गरे । यसैगरी एमाले चौरपाटी गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले पनि एमालेलाई अझै बलियो बनाउन सबैले लाग्नु पर्नेमा जोड दिए ।

आफूहरुले राम्रो काम गर्दै आएको दाबी गर्दै उनले कार्यकर्ताले पनि कटिबद्ध भएर पार्टीलाई साथ दिनुपर्ने धारणा राखे । उनले आगामी निर्वाचनमा आफूहरुकै पक्षमा जनमत आउने बताए । अहिलेको अवस्थामा दुविधामा नपर्न र विचलित नहुन नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उनको अनुरोध छ ।

साथै आजको भेलामा तीनजना संस्थापक सदस्य तथा जेष्ठ नागरिकलाई पनि खादामालासहित सम्मान गरिएको थियो । पालिका कमिटी अध्यक्ष साउँदका अनुसार गानु दमाई, अम्मर सिं खड्का र तुल भुललाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077