Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी केन्द्रको एक महिने जागरण अभियान स्थगित

माओवादी केन्द्रको एक महिने जागरण अभियान स्थगित

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित गरेको छ ।

राजावादीको गतिविधि बढेको भन्दै माओवादीले जागरण अभियान स्थगित गरेको हो ।

झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।

संसद्‌को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ।

अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् ।

तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077