Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

विरोधीलाई राजेन्द्र लिङ्देनको जवाफ - चुनाव लड्न राजा आउनु पर्दैन, हामी नै काफी छौं

विरोधीलाई राजेन्द्र लिङ्देनको जवाफ - चुनाव लड्न राजा आउनु पर्दैन, हामी नै काफी छौं

शनिवार , फाल्गुण २४, २०८१

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला भनिएका दलसँग लड्न आफूहरू नै काफी रहेको बताएका छन् ।

वीरगन्जको लालबगलामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन् ।

त्यसको प्रतिउत्तर दिँदै राप्रपा अध्यक्ष लिङ्देनले उनीहरूसँग चुनाव लड्न आफूहरू नै पर्याप्त रहेको बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था हो । चुनाव लड्न राजा जानु पर्दैन हामीहरू नै काफी छौं ।’

७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत ती दलका नेताहरूले पार्टी खोलेर चुनावमा आउन चुनौती दिँदै आएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूले पार्टी विशेषको नभई देशको राजा ल्याउन खोजेको बताए ।

दलहरूले शासन गर्न थालेयता देश झन्झन संकटमा परेको दावी गरेका लिङ्देनले नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा देशमा रोजगारी नपाएर युवा विदेशिन बाध्य हुँदा देश रित्तिँदै गएको बताए ।

उनले सरकार असफल भएको दावी गर्दै मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने नसक्ने परिस्थिति सृजना हुन लागेको दावी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077