Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्रीलाई गगनले भने - कुलमानसँग किचकिच गर्नु ठीक होइन, खड्काको नचाहिने काम रोक्नू

प्रधानमन्त्रीलाई गगनले भने - कुलमानसँग किचकिच गर्नु ठीक होइन, खड्काको नचाहिने काम रोक्नू

शनिवार , फाल्गुण २४, २०८१

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारको व्यवहार ठिक नभएको बताएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले कुलमानलाई किचकिच गरिरहेको जस्तो देखिएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ ।

सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका हुन् ।

मन्त्रिपरिषद्ले घिसिङलाई पदबाट हटाउन अन्तिम तयारी गरेपछि महामन्त्री थापाले असन्तुष्टि जनाउँदै यस्ता नचाहिने काममा नलाग्नु मन्त्रीलाई सुझाव दिएका छन् । मन्त्री खड्काले गरिरहेका नचाहिने काम रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077