Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच शनिबार साँझ भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

देशमा पछिल्लो समय राजतन्त्रको माग गर्दै प्रदर्शन र आन्दोलन भइरहेका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने अघिल्लो दिन प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनलाई विमान स्थलमा राप्रपाले भव्य स्वागत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077