Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

भोलि सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री, प्रदेश सभा घेराउ गर्ने तयारीमा रानाथारु

भोलि सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री, प्रदेश सभा घेराउ गर्ने तयारीमा रानाथारु

शनिवार , फाल्गुण २४, २०८१

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउँदै छन् । उनी यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् ।

उनले आइतबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

साथै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको पनि प्रधानमन्त्री ओलीले उद्धाटन गर्ने कार्यक्रम रहेको छ । यता थारु रानाथारु आरक्षण संघर्ष समितिले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।

उनीहरुले सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन), २०८० पारित हुँदै गर्दा थारु/रानाथारु लगायतको समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्याको आधारमा समावेशीकरण पूरा नभएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम तय गरेका हुन् ।

उनीहरुले भोलि दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभा घेराउ गर्ने छन् । तर प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077