Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

काठमाडौंमा आज राजावादीहरूको शक्तिप्रदर्शन, पूर्वराजालाई भव्य स्वागतको तयारी

काठमाडौंमा आज राजावादीहरूको शक्तिप्रदर्शन, पूर्वराजालाई भव्य स्वागतको तयारी

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज राजावादीहरूले शक्तिप्रदर्शन गर्न लागेका छन् ।

एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किने भएपछि राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पुर्‍याउने तयारी थालेका हुन् ।

अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्‍याउने कार्यक्रम छ ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए ।

त्यसपछि राप्रपाले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ  । योसँगै काठमाडौंको सुरक्षालाई पनि कडा पारिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिनेछ।

एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौंमा आइतबार नेपाल प्रहरीले आवश्यक मात्रा फौज परिचालन गर्नेछ ।

काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077