Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आज काठमाडौं ओर्लिंदै पूर्वराजा, उपत्यका छाड्दै प्रधानमन्त्री !

आज काठमाडौं ओर्लिंदै पूर्वराजा, उपत्यका छाड्दै प्रधानमन्त्री !

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज राजावादीहरूले शक्तिप्रदर्शन गर्न लागेका छन् ।

एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किने भएपछि राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पुर्‍याउने तयारी थालेका हुन् ।

अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्‍याउने कार्यक्रम छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका छाड्दै छन् । उनी सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् ।

हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् ।

त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यसपछि उनले धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077