Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीको सक्रियताप्रति बालुवाटार तनावमा, रिमाल भन्छन् - फर्गिभ-वट नट फर्गेट !

राजावादीको सक्रियताप्रति बालुवाटार तनावमा, रिमाल भन्छन् - फर्गिभ-वट नट फर्गेट !

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजावादीको सक्रियताप्रति टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमामार्फत नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् । राजावादीहरूको सक्रियताप्रति असन्तुष्टि जनाउँदै उनले नश्लीय पाखण्डको पर्दाफास गर्न आह्वान गरेका हुन् ।

उनले भनेका छन्– 'यिनीहरू नै थिए त ! अढाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहाँबाट त्यहाँ’ जान नदिने जस्ता “राम-राज्य”का सञ्चालक यिनीहरू नै थिए हैन र ?'

रिमालले २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उही नै रहेको उल्लेख गरेका छन्।

'एयरपोर्ट जाऔं-स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको गोल्डेन डेजआयो भन्दै ती डेजमा गोल्डको गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् ररुु उनले अगाडि लेखेका छन्, 'रक्त शुद्धता र वंश-परंपरा नश्लीय पाखण्डको पर्दाफाश गरौं ! अंग्रेजीमा एउटा भनाइ छ नि-“फर्गिभ'वट नट फर्गेट !''

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077