Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीको सक्रियताबारे आन्तरिक छलफलमा माओवादी

राजावादीको सक्रियताबारे आन्तरिक छलफलमा माओवादी

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका हुन्।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका छन् ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ काठमाडौं आइपुग्न बाँकी रहेकाले पदाधिकारीको बैठक बस्ने समय तय भएको छैन ।

सरकारको गतिविधि, राजवादीको गतिविधि र स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुने बताईएको छ । राजवादीले गतिविधि बढाएको अवस्थामा कुनै राजनीतिक गतिविधि हुन सक्ने माओवादीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077