Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

मसानघाट पुर्‍याएको राजतन्त्र फेरि कुर्लिन थाल्यो : सांसद राई

मसानघाट पुर्‍याएको राजतन्त्र फेरि कुर्लिन थाल्यो : सांसद राई

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको बताएकी छन्।​

राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले राजवादी गतिविधिमा आपत्ति जनाएका हुन्। सांसद राईले राजवादी गतिविधि नियन्त्रणका लागि सरकारलाई आग्रह गरिन्।

राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन् । उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्।

उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन्।

सांसद राईले भनिन्, ‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पुर्‍याएको राजतन्त्र फेरि कुर्लिरहेको छ । प्राप्त अधिकार नगुमाउन सबै सजग बनौं ।’

संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको व्यवहार प्रदर्शन गर्न आवश्यक रहेको उनले बताइन् । उनले लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनीसमेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077