Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - सरकारकै जनविरोधी कामले प्रतिक्रियावादीहरू उत्साहित भए

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - सरकारकै जनविरोधी कामले प्रतिक्रियावादीहरू उत्साहित भए

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको जनविरोधी कार्यले प्रतिक्रियावादीहरू उत्साहित भएको बताएका छन्।

नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले जनताको बीचबाट त्यस्ता प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा बताए।

अध्यक्ष प्रचण्डले भने,'सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौ।'

काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले बताए।

साथै सोमबार बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्वपूर्ण विषयमा छलफल गरिने उनल बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077