Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव - पोलिटिक्समा आउनुस्, हामी स्वागत गर्छौैं

पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव - पोलिटिक्समा आउनुस्, हामी स्वागत गर्छौैं

आइतवार , फाल्गुण २५, २०८१

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आउन सुझाव दिएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई यस्तो सुझाव दिएका हुन् ।

उनले राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताए । तर शाहले के मागेको आफूले नबुझेको बताए । ‘‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं । अराजनीतिमा आउने कि राजनीतिमा ,” ओलीले भने, “केमा साथ माग्नुभएको रु बुझिएन । अहिले बुझिएन मात्रै भनौँ ।”

साथै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए ।

‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ।’

पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने ओलीको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077