Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमतीमा शव फालियो, ५ जना पक्राउ

महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमतीमा शव फालियो, ५ जना पक्राउ

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा संलग्न रहेको आशंकामा नाबालकसहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् ।

बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो । महिलाको सनाखत भने हुन सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077