Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

३० करोडसम्मको अनलाइन जुवा खेलाएको आरोपमा पोखराबाट ५ जना पक्राउ

३० करोडसम्मको अनलाइन जुवा खेलाएको आरोपमा पोखराबाट ५ जना पक्राउ

आइतवार , फाल्गुण २५, २०८१

कास्की । क्रिप्टो करेन्सी तथा अनलाइन जुवामा संलग्न रहेको आरोपमा पोखराबाट पाँचजना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भई हाल पोखरा अनुपम टोल बस्ने वर्ष ३१ का रुपेन्द्र जिसी, म्याग्दीको बेनी घर भई पोखरा हबेलीमार्ग बस्ने ३३ वर्षीय विक्रम बानिया, सोही ठाउँ स्थायी घर भई अनुपम मार्ग बस्ने २२ वर्षीय सञ्जन घिमिरे, म्याग्दीको रघुङ्गा घर भई पोखरा अनुपम मार्ग बस्ने १९ वर्षीय रोजन केसी र सोही ठाउँ स्थायी घर भएर पोखरा चाउथे बस्ने २८ वर्षीय सन्दीप कटवाल छन्।

उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको छ ।

क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा÷सट्टाबाजीमा प्रयोग गरिएको भनिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेको ५ जना नातेदार हुन् भने उनीहरूले ३० करोडसम्मको कारोबार गरेको प्रहरीले अनुमान गरेको छ । कम्प्युटर, मोबाइल, ल्यापटप, पेनड्राइभ, आइप्याड लगायतका डिभाइस पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077