Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको चेतावनी - प्रधानमन्त्रीज्यू, अब सच्चिनुहोस् या सकिनुहोस् !

ज्ञानेन्द्र शाहीको चेतावनी - प्रधानमन्त्रीज्यू, अब सच्चिनुहोस् या सकिनुहोस् !

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजनीतिक सम्झौतामा आउन आह्वान गरेका छन् ।

आइतबार चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै राजा सहितको प्रजातन्त्र पुनःस्थापना गर्नुपर्ने बताए । शाहीले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, 'प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्। नविन सम्झौतामा आउनुस्।'

उनले चार प्रमुख बुँदामा नयाँ राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेका छन् । उनले राजा सहितको प्रजातन्त्रको पुनःस्थापना, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीय प्रदेश संरचनाको खारेजी र हिन्दु, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणाको माग गरे ।

उनले चेतावनी दिँदै थप भने, 'यदि प्रधानमन्त्री ओलीले यी मागहरू स्वीकार नगरे, जनता आफैं सडकबाटै तपाईं र तपाईंको व्यवस्थालाई फालिदिनेछन् ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077