Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्न लागेको हो ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ ।

अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् । अभियान चैत ७ गतेसम्मका लागि तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077