Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा बढ्यो : चित्रबहादुर केसी

पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा बढ्यो : चित्रबहादुर केसी

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिबाट संघर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा धेरै बढेर गएको कुरा बारम्बार गर्दै आएको पनि बताएको छ । प्रतिगमनका खतराका विरुद्ध लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई कार्यगत एकता हुन पर्नेमा जोड दिएका छन् ।

उनले राजावादीको गतिविधि बनाइरहेका बेला राष्ट्रिय सबै परिवर्तनकारी शक्तिलाई कार्यगत एकता हुने विज्ञप्तिमार्फत आह्वान गरेका छन्।

लोकतन्त्रवादी र गणतान्त्रिक शक्ति बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने जनमार्चाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077