Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भन्छन् - राजाको पक्षमा अहिले कुनै माहोल छैन

कांग्रेस सभापति देउवा भन्छन् - राजाको पक्षमा अहिले कुनै माहोल छैन

सोमवार , फाल्गुण २६, २०८१

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै संम्भावना नरहेको बताउका छन् ।

कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन्।

उनले राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए। हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै सभापति देउवाले हिजो काठमाडौंमा केही नभएको समेत बताए ।

राप्रपा, राप्रपा नेपाललगायतको आह्वानमा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत भएको थियो। त्यसप्रति लक्ष्य गर्दै सभापति देउवाले राजतन्त्रको मुलुकमा माहोल नभएको बताए ।

सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नभएको बताए। उनले यो समीकरण २०८४ सम्म जाने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077