Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सरकारकै नालायकीले राजावादीहरू सक्रिय भए : अग्नि सापकोटा

सरकारकै नालायकीले राजावादीहरू सक्रिय भए : अग्नि सापकोटा

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले उक्त निष्कर्ष निकालेको हो।

वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको माओवादी केन्द्रको निष्कर्ष छ।

सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

अन्ततः सरकारको नालायकीले नै गर्दा राजावादीआशावादी भएको उनको आरोप छ ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे।

जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको सापकोटाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077