Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्।

भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि परराष्ट्रमन्त्री राणा आज भारत प्रस्थान गरेकी हुन्।

मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

परराष्ट्रमन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077