Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक आज दिउँसो ४ बजे बस्दै

समाजवादी मोर्चाको बैठक आज दिउँसो ४ बजे बस्दै

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्न लागेको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो।

पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियता बढेकाले कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक छलफल हुनेछ ।

माओवादीले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन हुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ।

मोर्चामा नेकपा मा‌ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा रहेका छन्।

यस अगाडिको बैठकमा समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077