Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पर्सामा मिटर ब्याज पीडितले गरे आत्मदाह प्रयास

पर्सामा मिटर ब्याज पीडितले गरे आत्मदाह प्रयास

सोमवार , फाल्गुण २६, २०८१

पर्सा । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाहको प्रयास गर्नेमा बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साह रहेका छन् ।

उनले मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।

आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

तर तत्काल प्रहरीले उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077