Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एकीकृत समाजवादीले भन्यो - प्रतिगमनकारीहरूलाई नांगेझार पारौं

एकीकृत समाजवादीले भन्यो - प्रतिगमनकारीहरूलाई नांगेझार पारौं

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिगमनकारीहरूलाई नांगेझार पर्नुपर्ने निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको हो।

एकीकृत समाजवादीले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको छ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन्। वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं ।’

सचिवालय बैठकले यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत रहेको र यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077