Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आफूमाथि दुर्व्यवहार गरेको भन्दै पत्रकार हमालले दिइन् प्रहरीविरूद्ध उजुरी

आफूमाथि दुर्व्यवहार गरेको भन्दै पत्रकार हमालले दिइन् प्रहरीविरूद्ध उजुरी

सोमवार , फाल्गुण २६, २०८१

धनगढी । आफूलाई दुर्व्यवहार गरेको भन्दै पत्रकार आर्जु हमालले प्रहरीविरुद्ध उजुरी दिएकी छिन्।

समाचार संकलनको क्रममा आफूलाई दुर्व्यवहार गरेको भन्दै हमालले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेकमा उजुरी दिएकी हुन् ।

फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा समाचार सङ्कलन गर्न पुगेकी हमाललाई पुरुष प्रहरी अधिकारीले हातपात गर्दै दुर्व्यवहार गरेका थिए।

प्रहरी अधिकारीले समाचार संकलनको क्रममा दुर्व्यवहार गरेको घटनाको सत्यतथ्य छानविन गर्न हमालले माग गरेकी छन् ।

आइतवार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेकी दिनेश एफएम र दिनेशखबरकी समाचार निर्देशक आर्जु हमाललाई कैलाली प्रहरीले हातपात गर्दै दुर्व्यवहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077