Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जनताले सरकारबाट डेलिभरी खोजिरहेका छन् : महामन्त्री थापा

जनताले सरकारबाट डेलिभरी खोजिरहेका छन् : महामन्त्री थापा

सोमवार , फाल्गुण २६, २०८१

धनगढी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेकाहरूले राम्रो काम गर्न नसक्दा नागरिकहरूमा आक्रोश बढी रहेको बताएका छन् ।

धनगढीमा आयोजित कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।

सरकारमा रहेका नेताहरूको गति र मति ठिक भए त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने उनको भनाई छ ।

नागरिकहरूमा अहिले आक्रोश रहेको र त्यसैलाई देखाएर केहीले रोटी सेक्ने काम गरेको महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले भने,‘नागरिकहरूले केबल संशय व्यक्त गरेका हुन्। उनीहरू डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन्। यसका निम्ति नेतृत्व गर्नेहरूको मति ठिक हुनुपर्छ र गति ठिक हुनुपर्छ । हामीले सबै जिम्मेवारी पाइसकेका छौं, अब दिनुपर्ने मात्रै छ।’

डेलिभरीको मति र गति ठिक राख्यो भने त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने महामन्त्री थापाले बताए।

महामन्त्री थापाले चैत महिनाभित्र क्रियाशील सदस्यता भरेर पठाउन पनि आग्रह गरे। महाधिवेशन समयमै हुने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077