Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इन्स्पेक्टर खड्कामाथि दुर्व्यवहारको आरोप

इन्स्पेक्टर खड्कामाथि दुर्व्यवहारको आरोप

सोमवार , फाल्गुण २६, २०८१

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्कामाथि महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

आइतबार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पत्रकार आरजु हमाल पुगेकी थिइन् । सो सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

सोही क्रममा समाचार संकलन गर्न पुगेकी पत्रकार हमालमाथि इन्स्पेक्टर खड्कासहितका प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको हो । पत्रकार हमालले प्रधानमन्त्री सहभागी भएका बेला फेसबुक लाइभ गरिरहेकी थिइन् ।

भिडियोमा देखिए अनुसार इन्स्पेक्टर खड्का सहितका प्रहरीले हमाललाई अलि टाढा जान आग्रह गरिरहेका छन् । तर उनी प्रधानमन्त्रीको नजिक जान खोजेपछि इन्स्पेक्टरले धकेलेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

प्रहरी र पत्रकार हमालबीच बोलाबोल भएको पनि सुन्न सकिन्छ । सोही विषयलाई लिएर पत्रकार हमालले छानविनका लागि राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेक गुहारेकी छन् ।

उनले कैलाली प्रहरीले आफूलाई पक्राउ गर्ने तयारीसमेत गरेको उजुरी पत्रमा उल्लेख गरेकी छन् । तर प्रहरीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । इन्स्पेक्टर खड्का कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077