Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालाई माधवको चेतावनी - इतिहासको रथ अब पछाडि फर्किन्न

पूर्वराजालाई माधवको चेतावनी - इतिहासको रथ अब पछाडि फर्किन्न

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इतिहासको रथ अब पछाडि फर्किन नसक्ने चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताए ।

उनले भने, ‘यस्तो गतिविधि अस्वीकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगति चाहियो, परिवर्तन चाहियो। जनताको हित र कल्याणको शासन चाहियो। त्यो राजाबाट सम्भव छैन। इतिहासले बताइसकेको छ। २४० वर्षको इतिहासले बताइसकेको छ। फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन्। हामीले गल्ती गरेका छौँ भने हामी सच्चिनुपर्छ।’

आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077