Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालाई नागार्जुनबाट गलहत्याउने सिटौलाको चेतावनी

पूर्वराजालाई नागार्जुनबाट गलहत्याउने सिटौलाको चेतावनी

सोमवार , फाल्गुण २६, २०८१

कैलाली । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले चाहेकै दिन नागार्जुनबाट गलहत्याउन सक्ने चेतावनी दिएका छन् ।

सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका सिटौलाले यस्तो चेतावनी दिएका हुन् ।

उनले पूर्वराजाको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

‘म आफैं बिदा गर्न गएको हुँ । राम्रै सम्झाएको हुँ । सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे हटाइदिन सक्छ,’ उनले भने ।

पूर्वराजाबारे चर्चा गर्न आवश्यक नै नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077