Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राप्रपा नेपालको चेतावनी - जनताको चाहनालाई दमन खोजे अप्रिय दुर्घटना हुनेछ

राप्रपा नेपालको चेतावनी - जनताको चाहनालाई दमन खोजे अप्रिय दुर्घटना हुनेछ

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले जनताको चाहना र भावनालाई दमन खोजे अप्रिय दुर्घटना हुने चेतावनी दिएको छ ।

थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो चेतावनी दिएको हो । बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा जनताको बलियो समर्थन रहेको निष्कर्ष निकालेको छ ।

फागुन २५ को काठमाडौंको जनप्रदर्शनलाई ऐतिहासिक ठहर गर्दै बैठकले यो जनआवाजलाई सम्बोधन गर्न राजनीतिक दलहरूलाई आग्रह पनि गरेको छ। जनभावना दबाउने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पनि दिइएको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको चाहना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ। यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077