Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रौतहट पुगेर आईजीपी कुँवरले भने - सीमा क्षेत्रको राजस्व चुहावट प्रहरीले मात्रै रोक्न सक्दैन

रौतहट पुगेर आईजीपी कुँवरले भने - सीमा क्षेत्रको राजस्व चुहावट प्रहरीले मात्रै रोक्न सक्दैन

सोमवार , फाल्गुण २६, २०८१

रौतहट । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावटको घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् ।

रौतहटको सदरमुकाम गौरमा सोमबार जिल्ला प्रहरी कार्यालय भवन उद्‍घाटनका क्रममा आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

उनले सीमाक्षेत्रमा हुने राजस्व चुहावट र छलीका घटना प्रमुख चुनौतीका रूपमा रहेको बताए । राजस्व चुहावट र छलीका घटना रोक्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उनको भनाई छ ।

यस्ता घटना रोक्न सबै नागरिकको पनि दायित्व रहेको उनले बताए । प्रहरीलाई सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077