Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरीमा अराजकता : संगठनविरुद्ध नै २० डीएसपीले मुद्दा हाले

प्रहरीमा अराजकता : संगठनविरुद्ध नै २० डीएसपीले मुद्दा हाले

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेपाल प्रहरीमा वृत्ति विकासका लागि कोशेढुंगा मानिएको स्टाफ कलेज (एमपीएस) को प्रवेश परीक्षा आगामी साता तयारी भइरहेको छ ।

स्टाफ कलेज गरेकालाई मात्र प्रहरीको नेतृत्व तहमा लैजाने उदेश्यले सुरु गर्न लागिएको यो कार्यक्रम असफल बनाउन प्रहरी अधिकारी नै लागेका छन् ।

स्टाफ कलेजको प्रवेश परीक्षा समेत रोक्न माग गर्दै २० जना डीएसपीहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।डीएसपी रिपेन्द्र कुमारसहितका २० डीएसपीले सोमबार रिट दर्ता गराएका हुन् । जसमा मंगलबार नै पेशी तोकिएको छ ।

२०७० सालको चैतमा भर्ना भएको इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज गर्न लागिएको छ । कानुनमै नभएको स्टाफ कलेज रोक्न माग गर्दै केही अधिकृतहरु संगठनविरुद्ध नै अदालतमा गएका हुन् ।

यसले नेपाल प्रहरीभित्रको चेन अफ कमाण्डको अवस्था कति कमजोर छ भन्ने प्रष्ट पारेको छ । स्टाफ कलेजमा क्षमतावान अधिकृतहरु मात्र सफल हुने निश्चित छ ।

जसकारण राजनीतिक भनसुनका आधारमा सरुवा–बढुवा हुनेहरुको चलखेल धेरै हदसम्म रोकिनेछ । राजनीतिक शक्तिको आडमा चलखेल गर्दै आएका अधिकृतहरु रिट लिएर सर्वोच्च गएका हुन् ।

उनीहरुले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र स्टाफ कलेजलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077