काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार राति ८ बजेपछि बैठक बसिरहेको हो ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।
ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण आइतबारमात्रै कुलमानले बुझाएका थिए ।