काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि कटाक्ष गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले निषेधाज्ञाप्रति कटाक्ष गर्दै गणतन्त्रको जग हल्लिएको बताएका हुन् ।
‘गणतन्त्रको जग हल्लिएछ, गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्यो’, उनले लेखेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको छ ।
राजावादीलगायतको प्रदर्शन बढेसँगै प्रशासनले यस्तो निर्णय गरेको हो । तरयता काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी गरेको निषेधाज्ञा कुनै नयाँ आदेश नभई पहिलेदेखि जारी निषेधाज्ञाकै निरन्तरता भएको स्पष्ट पारेको छ ।