Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, मन्त्रीले दिएनन् ‘रिपोर्ट’ !

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, मन्त्रीले दिएनन् ‘रिपोर्ट’ !

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे सोमबार कुनै पनि निर्णय नगरेको हो ।

ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बताइएको छ । सम्भवतः अर्को बैठकमा छलफल हुने बताइएको छ ।

सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले आइतबार बुझाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077