Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

विष्णुलाई ज्ञानेन्द्रको कटाक्ष - लोकतन्त्र लुटी खाने भाँडो भयो, तपाईं वडाध्यक्षको तयारी गर्नुस्

विष्णुलाई ज्ञानेन्द्रको कटाक्ष - लोकतन्त्र लुटी खाने भाँडो भयो, तपाईं वडाध्यक्षको तयारी गर्नुस्

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै शाहीले लोकतन्त्रको नाममा सत्ताधारीहरूले 'लुटतन्त्र' मच्चाएको आरोप लगाएका छन् ।

उनले भने, 'आदरणीय भनौं भने कसरी भनौं ? तपाईंका शब्द सुन्दा ‘आदरणीय’ भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस् ।'

शाहीले लोकतन्त्रको वास्तविकता प्रश्न उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई जनताले प्रत्यक्ष निर्वाचित नगरेको तथ्य औंल्याएका छन् । 'के प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपतिलाई जनताले प्रत्यक्ष चुनेका हुन् ?' भन्दै उनले सत्ताधारी दलका नेताहरूलाई कटाक्ष गरे ।

शाहीले सरकारको आलोचना गर्दै लोकतन्त्रलाई व्यक्तिहरूको 'लुटी खाने भाँडो' बनाइएको आरोप लगाए।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीको माग गर्दै भने, 'यदि दम र हिम्मत छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुहोस्। अनि तपाईं, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, वडा अध्यक्षको तयारी गर्नुस् ।'

अहिले उनीहरु दुबै जनाबीच सामाजिक सञ्जालमा शव्द युद्ध चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077