Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

मंगलवार , फाल्गुण २७, २०८१

विराटनगर । विपक्षी दलहरूले कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

तर, प्रदेश सभामाका विपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । यद्यपि, राप्रपाले भने संसद्‌मा उपस्थित हुने जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राजालाई गाली गरे नियमापत्ति जनाउने राप्रपाले जनाएको छ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट राप्रपाका हुन् ।

विपक्षीहरूले प्रधानमन्त्रीको बोलीमा लगाम लगाउने प्रयास गरेका छन्। माओवादी र एकीकृत समाजवादीले पनि दुई वटा सर्त राखेका छन् ।

पाथिभरा(मुकुम्लुङ)को र कोशी नामकरणको विषयमा नबोल्ने प्रतिबद्धता मुख्यमन्त्री हिक्मत कार्कीले राखे मात्रै बैठकमा आउने उनीहरूको चेतावनी छ । त्यसका लागि मुख्यमन्त्री कार्कीले आजै दुई दलसँग छलफल गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077