Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

थापा र लिङ्देनलक्षित दुर्गा प्रसाईंको कटाक्ष - गणतन्त्रको भोज खाने, माहोल बनेपछि ढोक्सा थाप्ने !

थापा र लिङ्देनलक्षित दुर्गा प्रसाईंको कटाक्ष - गणतन्त्रको भोज खाने, माहोल बनेपछि ढोक्सा थाप्ने !

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि खनिएका छन्।

पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले गरेको जस लिन खोजेपछि दुर्गा प्रसाईं उनीहरुमाथि खनिएका हुन् ।

भक्तपुरस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाए ।

प्रसाईंले भने,‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न खोजे । म कसैको गोठालो होइन। राजाले पनि धैर्य भएर सोच्नुहोला। तपाईंले कलियुगमा दुर्गा प्रसाईंजत्तिको अर्जुन भेट्टाउनुहुन्न। तपाईंले सारथीहरू देखिसक्नुभयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने।’

पूर्वराजालाई विगतमा अहिले र भविष्यमा पनि सचिवालयले सिध्याउने उनको भनाइ थियो। प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।

प्रसाईंले आफूले पाँच हजार जनालाई रोजगारी दिएको उल्लेख गर्दै आन्दोलनमा आउनुपर्‍यो भन्नेले कतिलाई रोजगारी दिएको छ भन्ने पनि प्रश्न गरे। राप्रपा महामन्त्री धवल शम्शेर राणाले चैत १ गतेदेखि आन्दोलन गर्नुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077