Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

मंगलवार , फाल्गुण २७, २०८१

धनुषा। मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखे असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो।

यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।

थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077