काठमाडौं । नेपाल प्रहरी अस्पतालमा पनि अब एमडी र एमएस अध्यापन हुने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रहरी अस्पतालमा एमडी एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ।
नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवरले संरक्षकका रुपमा हस्ताक्षर गरे ।
अहिले प्रारम्भिक सम्झौता भएको न्याम्सका उपकूलपति डा.बस्नेतले बताए । सम्झौतापछि अब प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गरिने उनले बताए ।