Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गणतन्त्र कसैले बक्सिस दिएको होइन : राजेन्द्र पाण्डे

गणतन्त्र कसैले बक्सिस दिएको होइन : राजेन्द्र पाण्डे

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र कसैले बक्सिस नदिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सो कुरा बताएका हुन्। उनले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बताए।

उपाध्यक्ष पाण्डेले भने,‘म र हाम्रो पार्टीको तर्फबाट यति भन्न चाहन्छु, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिवद्ध पार्टी हो । यसका विरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध हामी हुनेछौं । हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन ।’

उनले गत २५ फागुनमा काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्वीर देखिनु संयोग वा इच्छा के हो ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077