Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

७२ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

७२ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । नेपाल प्रहरी प्राविधिक समूहका ७२ जना वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६० जना, संगित उपसमूहतर्फ ७ जना, केनाईन उपसमूहतर्फ एकजना र स्वास्थ्य उपसमूह अन्यतर्फ चारजना गरी ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077