Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

बुधवार , फाल्गुण २८, २०८१

सर्लाही। सर्लाही प्रहरीले मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन्।

प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो।

एक हजार दरको नोटको ८८ बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ। ती बन्डलमा तलमाथि एक/एक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो।

पाँचै जनाविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077