काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको बताएका छन् ।
INTERPOL Project SOTERIA परियोजना अन्तर्गत सञ्चालित Open-source Intelligence Investigation (OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले यस प्रशिक्षणले यौन अपराधहरूको अनुसन्धान र न्यूनीकरणमा सहयोग पुग्ने बताए । साथै प्रशिक्षणबाट सिकेका सीपहरूले त्यस्ता अपराधहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
विशेष गरी Aid Sector हरूमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने उद्देश्यका साथ इन्टरपोल महासचिवालयद्वारा सञ्चालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गत कानून कार्यान्वयन गर्ने निकायका अधिकृतहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
फागुन २६ गतेदेखि सञ्चालित उक्त प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट २२ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रूपमा INTERPOL Project SOTERIA बाट तीनजना पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उनीहरुलाई आईजीपी कुँवरले प्रमाणपत्र समेत प्रदान गरे ।