Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अवकाशको दुई महिनामै पूर्वएआईजीलाई नियुक्ति

अवकाशको दुई महिनामै पूर्वएआईजीलाई नियुक्ति

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । एआईजीबाट अवकाश पाएको दुई महिनामै भरतबहादुर बोहराले नियुक्ति पाएका छन् । उनलाई सरकारले मिटरब्याजसम्बन्धि जाँचबुझ आयोगको सदस्यमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। सो आयोगमा बोहरा र बद्रीप्रसाद भट्टराईलाई सदस्य राखिएको छ ।

बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्वपिएसओ हुन् । कांग्रेससँगको निकटताकै कारण अवकाश हुनुभन्दा १० दिनअघि उनी एआईजीमा बढुवा भएका थिए भने अवकाश पाएलगत्तै नियुक्ति पनि पाएका छन् ।

जबकी बोहरा आफैं मिटरब्याजमा पैसा लगाएर आर्जन गर्ने अधिकृत भएको उनका सहकर्मीहरु बताउँछन् । यस्तै खालको आयोगमा यसअघि पूर्वएआईजीहरु पुष्कर कार्की र उत्तमराज सुवेदीले काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077