Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना काठमाडौंबाट पक्राउ

होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना काठमाडौंबाट पक्राउ

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ५५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ५२ पुरुष र ३ महिलालाई पक्राउ गरिएको हो ।

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077