Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आईजीपी नियुक्तिमा चलखेल बढ्दै, सोमबार मात्र निर्णय हुने

आईजीपी नियुक्तिमा चलखेल बढ्दै, सोमबार मात्र निर्णय हुने

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक नियुक्तिमा पनि अस्वस्थ चलखेल हुने देखिएको छ। सोही कारण अन्तिम दिन मात्र सरकारले नयाँ आईजीपीबारे निर्णय गर्ने अवस्था आएको छ।

आगामी सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन्। सोही दिन बिहान मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपीको टुंगो लगाउने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।

निर्णयलाई अन्तिम दिनसम्म लम्बाउँदा चलखेल पनि बढ्दै गएको छ । विगतमा जस्तै यसपटक पनि आईजीपी नियुक्तिमा आर्थिक चलखेलको समेत सम्भावना देखिएको छ।

गठबन्धनको सरकार भएकाले आईजीपी नियुक्तिमा अस्वस्थ चलखेल देखिएको हो। स्रोतका अनुसार कांग्रेस र एमालेबीच आईजीपी तथा गर्भनर नियुक्तिमा भागबन्डा गर्ने सम्भावना पनि छ । सोही कारण सरकारले निर्णय गर्न नसकेको हो।

आईजीपी नियुक्तिमा एआइजी दिपक थापा मुख्य दाबेदार छन्। अरुभन्दा एक महिना सिनियर रहेको र सबै दलसँग राम्रो सम्बन्ध भएकाले उनलाई मुख्य दाबेदार मानिएको छ ।

तर, उनकै ब्याचका सुदिप गिरी र टेकबहादुर तामाङले पनि पछिल्लो समय दौडधुप बढाएका छन्। उनीहरुले एमाले तथा कांग्रेसका दोस्रो तहका नेताहरुमार्फत चलखेल बढाएको स्रोत बताउँछ ।

उनीहरुको ब्याचबाट करिब ६ महिना आईजीपी हुनेछन्। ६ महिने आईजीपी नियुक्तिमा पनि सरकारले समयमा निर्णय गर्न नसक्दा चलखेल बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077