Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा धिरज पटेल पक्राउ

अन्तर्राष्ट्रिय आगमन कल बाईपास गरेको आरोपमा धिरज पटेल पक्राउ

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो।

उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको २ तले घरको कोठाबाट इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको पाइएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका पटेलविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077