Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

शनिवार , चैत्र १, २०८१

धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।

कैलाली प्रहरीका अनुसार नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् ।

घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077