Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

२५ हजार धरौटी तिर्न नसक्दा कारागार चलान भएका देवानको मृत्यु

२५ हजार धरौटी तिर्न नसक्दा कारागार चलान भएका देवानको मृत्यु

शनिवार , चैत्र १, २०८१

मोरङ । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार देवान अदालतले धरौटीबापत मागेको २५ हजार रुपैयाँ तिर्न नसकेर कारागार चलान भएका थिए ।

हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको उनले बताए। अस्पतालको आईसीयूमा उपचार जारी रहकै बेला दिउँसो ३ः५५ बजेतिर मृत्यु भएको ढुंगेलले जानकारी दिए।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो । शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077